प्रधानमन्त्री देउवासँग कैलाली उद्योग वाणिज्य संघले राखेका १६ बुँदे मागमा के-के छन् ?

आज प्रधानमन्त्री शेरबहादुर देउवालाई १५ किलोको माला लगाउँदै कैलाली उद्योग वाणिज्य संघले १६ बुँदे माग राखेको छ । १६ बर्ष पहिलो २१ बुँदे माग र २१ किलोको माला लगाउँदै सुरु गरिएको परम्परामा अहिले माग र मालाको तौल दुबै घटेका छन् ।
१५ वर्षमा ५ वटा मागहरू पुरा भएपछि यस पटक १५ किलोको माला लगाउँदै १६ बुँदे माग अघि सारिएको हो । यस पटक कैलाली उद्योग वाणिज्य संघले केही अझै पुरा नभएका र केही पुरा हुने क्रममा रहेको विषयहरूबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
यी हुन् माग 
१. गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा विकास गरिनु पर्ने ।
२ .सुदूरपश्चिम  प्रदेश  मा उद्योग स्थापना प्रोत्साहन स्वरूप १० वर्ष सम्म Tax Free Zone घोषणा गरिनुपर्ने ।
३. विशेष औद्योगिक क्षेत्र (SEZ) को स्थापना र विशेष औद्योगिक प्याकेजको व्यवस्था गरिनु पर्ने ।
४. प्रदर्शनी स्थलको निर्माण गरिनु पर्ने । 
५.  प्रदेशलाई चिन सँग जोड्ने नाका खुलाउनुपर्ने 
६.पश्चिम सेती जलविद्युत आयोजना निर्माणको शीघ्र कार्यान्वयन र प्रदेशलाई लोडसेडिङ मुक्त गरिनुपर्ने ।
७. कृषि विश्वविद्यालयको स्थापना गरिनुपर्ने । 
८. प्रदेश सांस्कृतिक सङ्ग्रहालय निर्माण गरिनुपर्ने ।
९. चिसापानी देखि गड्डाचौकी सम्म वन जङ्गल नरहेका पुराना बजारहरूको जग्गा दर्ता गरिनुपर्ने ।
१०.सूचना प्रविधि क्षेत्र (It\ Park) को स्थापना गरिनु पर्ने ।
आंशिक भइरहेको बिषयमा पनि प्रधानमन्त्रीलाई उद्योग वाणिज्य संघले जानकारी गराएको थियो । ती मागहरू ६ वटा छन् ।
१.अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण गरिनुपर्ने ।
२ प्रदेश सभा सम्मेलन गृहको स्थापना गरिनु पर्ने ।
३. दोधारा चाँदनी सुख्खा बन्दरगाह निर्माणको शीघ्र कार्यान्वयन गरिनु पर्ने ।
४. सेती अञ्चल अस्पताललाई सुविधा सम्पन्न क्षेत्रीय अस्पतालको रुपमा विकास गरिनु पर्ने ।
५. प्रदेश स्तरीय पर्यटन केन्द्रको स्थापनाका साथै खप्तड, शुक्लाफाँटा, घोडाघोडी, जस्ता पर्यटकीय क्षेत्रमा पूर्वाधारको विकास गरिनु पर्ने ।
६ .गेटा विमान स्थल धावनमार्ग कालो पत्रे,  धनगढीको गेटा विमान स्थललाई क्षेत्रीय विमान स्थल बनाइनु पर्ने 
१६ वर्षमा ५ वटा मागहरू सम्पन्न भएका छन् । ती निम्न छन्
१ अप्टिकल फाइबर विस्तार 
२ सुदूर पश्चिमाञ्चल विश्वविद्यालय स्थापना 
३छैटौँ राष्ट्रिय खेलकुद आयोजना तथा रङ्गशाला निर्माण ।
४आइसी यु स्थापना 
५ दुग्ध प्रशोधन केन्द्र

२२ मंसिर २०७९, बिहीवार १९:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु