थापा दम्पती : एमालेमा रहँदा लाभ, नागरिक उन्मुक्ति पनि फलिफाप
अघिल्लो पटक लम्की चुहाको उपप्रमुख भएकी टिका थापा अहिले सुदूरपश्चिम प्रदेश सभा सदस्य हुने लाइनमा छिन् । नागरिक उन्मुक्ति पार्टीले निर्वाचन आयोगमा बुझाएको सूचि अनुसार उनी खस आर्यबाट अग्र पङ्क्तिमा छिन् ।
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्ष तर्फ ५ जना सांसद हुँदा ३३ प्रतिशत पुराउने संवैधानिक व्यवस्था अनुसार टिका थापा प्रदेश सभा सदस्य हुन लागेकी हुन्। टिका थापा थापा रतन थाको श्रीमती हुन् । अहिले रतन थापा नागरिक उन्मुक्तिको केन्द्रीय महासचिव छन् ।उनी पनि प्रदेश सभामा प्रत्यक्ष तर्फ उम्मेदवार भएका थिए । तर, कांग्रेसका कमल बहादुर शाहसँग पराजित भएका थिए ।
१० हजार चार सय ३३ मतका साथ शाह विजयी हुँदा थापाले थापाले आठ हजार सात सय ७५ मत प्राप्त गरेका थिए ।
आफू नागरिक उन्मुक्तिको केन्द्रीय महासचिव भएर समानुपातिक मार्फत श्रीमतीलाई प्रदेश सभा सदस्य बनाएका थापाले एमालेमा रहँदा पनि आफू उपाध्यक्ष हुँदा श्रीमतीलाई उपप्रमुख बनाएका थिए । पछि थापा पनि प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।
२० मंसिर २०७९, मंगलवार ११:१३ बजे प्रकाशित













