punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रातारात मुख्यमन्त्री कार्यालयको सामान सारियो

Chaupati
safha napa

स्थायी पूर्वाधार बनाएर मन्त्रालय दाङ सार्न चौतर्फी आवाज उठिरहेका बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामान दाङ पुर्‍याएको छ।

रातको समयमा तीन वटा ट्रकमा सामान लोड गरी राति नै दाङ पुर्‍याइएको जनाइएको छ।  यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालय नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए।

नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु लिला गिरी,भूमिश्वर ढकाल,भोजप्रसाद श्रेष्ठ र तुल्सीप्रसाद चौधरीले विज्ञप्ति जारी गर्दै नयाँ बन्ने सरकारको कार्यक्षेत्रमा हस्तक्षेप हुने गरी निर्वाचनको अन्तिम नतिजा नआउँदै मन्त्रालय सार्ने काम तुरुन्त रोक्न माग गरेका थिए।

यसअघि नै गृहमन्त्री बालकृष्ण खाणले जबरजस्ती मन्त्रालय सार्ने काम भए बाटोबाटै खोसेर लयाउने चेतावनी समेत दिएका थिए।

गृहमन्त्री खाणले हतारमा मन्त्रालय सार्ने काम रोक्न मुख्यमन्त्री कुलप्रसाद केसीलाई फोन गरेर सचेत समेत गराएका थिए।


२० मंसिर २०७९, मंगलवार ११:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु