punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

विश्वकपः पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा

Chaupati
safha napa

जापानलाई पेनाल्टी सुट आउटमा हराउँदै साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

अल जानोब रंगशालामा सम्पन्न अन्तिम १६ अन्तर्गतको खेलको निर्धारित र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएको खेलको पेनाल्टी सुट आउटमा ३–१ गोलको नतिजमा पराजित गर्दै क्रोएसिया क्वार्टरफाइनल पुगेको हो ।

खेलको ४३औं मिनेटमा जावानका डाइजेन माइदाले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

इभान पेरिसिचले ५५औं मिनेटमा क्रोएसियाका लागि बराबरी गोल फर्काएका थिए ।

पेनाल्टी सुटआउटमा जापानका ताकुमी मिनामिनो, काओरु मितोमा र माया योसिदाले हानेको पेनाल्टी क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए ।

क्रोएसियाका मार्को लिभाजाले पेनाल्टिमा चुक्दा निकोला भ्लासिधच, मार्सेलो ब्रोेजोभिच र मारियो प्लासिचले गोल गर्दै क्राएसियालाई ३–१ गोलको नतिजमा जित दिलाए ।

जितसँगै क्रोएसियाले क्वार्टरफाइनलमा ब्राजिल र दक्षिण कोरियाको विजेतासँग खेल्नेछ ।
हालसम्म क्रोएसियाले खेलेका मुख्य प्रतियोगिताको पछिल्ला ८ मध्य ७ खेल अतिरिक्त समयसम्म पुगेका छन् ।

सन् २०१८ मा उपविजेता बनेको क्रोएसिया यससँगै विश्वकप इतिहासमा तेस्रो पटक क्वार्टरफाइनल पुगेको हो ।


२० मंसिर २०७९, मंगलवार ०७:३६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु