लागुऔषधसहित दुईजना पक्राउ

मलंगवा नगरपालिका-४ शिवसागर चोकबाट लागुऔषध गाँजा २ केजी ५ सय ग्रामसहित लालबन्दी नगरपालिका-५ बस्ने २० वर्षीय हिमाल पाण्डेयसमेत गरी २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट पेट्रोलपम्पबाट खटिएको प्रहरीले प्रदेश २-०२-००३ प १७०२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई गाँजासहित फेला पारी पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


१९ मंसिर २०७९, सोमवार १३:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु