punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

Chaupati
safha napa

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलमा पाँच, डिजेल र मट्टीतेलमा दुई रुपौया मूल्य बढाएको हो । अब पेट्रोल १०१ र डिजेल ८७ रुपैयाँ पर्नेछ । 

इन्डियन आयल कार्पोरेसनले पेट्रोलमा प्रतिलिटर ४.७७ रुपैयाँ, डिजेलमा प्रतिलिटर ५.८० रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६.०६ रुपैयाँ मूल्य बढाए पछि नेपालमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ ।  एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले बताएको छ ।


१६ असार २०७७, मंगलवार १८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु