दार्चुलामा एक हजार बढी मतले बडूको अग्रता
दार्चुलामा कांग्रेसका दिलेन्द्र बडू एक हजार बढी मतान्तर सहित अग्रता बनाइरहेका छन् । उनलाई एमालेका गणेश ठगुन्नाले पच्छाइरहेका छन् ।
३८ हजार ११५ मत गणना हुँदा सम्म कांग्रेसका बडुले १८ हजार ७४६ मत पाएका छन् । एमालेका ठगुन्नाले १७ हजार ६२९ मत सहित बडुलाई पच्छाइरहेका छन् । उनीहरु दुई बिचको मतान्तर १ हजार ११७ छ ।
अघिल्लो पटक यहाँबाट ठगुन्ना निर्वाचित भएका थिए । पूर्व मन्त्री ठगुन्ना र बहालवाला मन्त्री बडू बिचको प्रतिस्पर्धालाई रोचक रुपमा लिइएको छ ।
७ मंसिर २०७९, बुधवार १६:३० बजे प्रकाशित































