डोटीबाट प्रदेशसभामा एमालेका मल्ल विजयी
डोटी क्षेत्र नम्बर १ को प्रदेशसभा ९१० मा नेकपा एमालेका चक्रबहादुर मल्ल विजयी भएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका डोटी सभापति नरेन्द्रबहादुर सिंहलाई ४५० मतले पछि पार्दै मल्ल विजयी भएका हुन् ।
मल्लले १५ हजार २ सय ७९ मत ल्याउँदा सिंहले १४ हजार ८ सय २९ मत पाए । हाम्रो नेपाल पार्टीका उम्मेदवार शैलेन्द्र खड्काले ५ सय ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले ७ सय ५५ मत प्राप्त गरे ।
७ मंसिर २०७९, बुधवार १६:३० बजे प्रकाशित































