कञ्चनपुर १ विना मगर भन्दा तारा लामा तामाङको दोब्बर मत
कञ्चनपुर प्रतिनिधि सभा १ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बुहारी विना मगर एमाले उम्मेदवार तारा लामा तामाङ भन्दा आधा कम मतले पछाडि छिन् । २०० मत गणना गर्दा एमाले उम्मेदवार तामाङले १२० मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार मगरले ६० मत पाएकी छन् ।
यहाँ सत्ता गठबन्धनको साझ उम्मेदवार मगर हुन् । अघिल्लो मगर १९ हजार बढी मतान्तरले विजयी भएकी थिइन् । त्यो बेला उनीसँगै प्रदेश सभामा विजयी भएका एमाले उम्मेदवार तामाङ अहिले उनी विरुद्ध सुरुवाती चरणमा हाबी भएका छन् ।
५ मंसिर २०७९, सोमवार १७:४६ बजे प्रकाशित






























