डडेल्धुरमा देउवालाई पच्छाउँदै दोस्रोमा उक्किए सागर ढकाल
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक हजार मत गणना गर्दा सम्म ४६३ मत पाएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पच्छाइरहेका छन् ।
अहिले सम्म ढकालको मत २४१ पुगेको छ । उनी बिपी कांग्रेस भन्दा माथि उक्किएका छन् । बिपी कांग्रेसका उम्मेदवार कर्ण मल्लको २०९ मत छ ।
५ मंसिर २०७९, सोमवार १७:५३ बजे प्रकाशित






























