कैलाली ३ मा पनि नागरिक उन्मुक्तिको सुरुवाती अग्रता
कैलाली १ मा अग्रता कायम गरेको नागरिक उन्मुक्ति पार्टीले कैलाली ३ मा पनि अग्रता बनाएको छ ।१८१० गणना गर्दा उन्मुक्तिका गङ्गा चौधरीले ६०१ मत पाएका छन् ।
सत्ता गठबन्धन बाट उम्मेदवार बनेका कृष्ण चौधरीले ४५० मत पाउँदा राप्रपाका बिरेन्द्र बमले ४०१ मत प्राप्त गरे एमालेका उम्मेदवार गौरीशंकर चौधरी चौथो छन् । उनले २५० मत पाएका छन् ।
५ मंसिर २०७९, सोमवार १७:२७ बजे प्रकाशित






























