कैलाली – १ मतान्तर बढाउदै रन्जिता,पछि पछि रामजनम
नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायम गरेको छ । ६०१ मत गणना गर्दा सम्म नागरिक उन्मुक्तिका उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी २६९ मत सहित अग्र स्थान मा छिन् ।
उनलाई सत्ता गठबन्धनका तर्फ बाट उम्मेदवार भएका काङ्ग्रेसका रामजनम चौधरीले पच्छाइ रहेका छन् । अहिले सम्म रामजनमको मत १६० छ । एमाले तेस्रो स्थानमा छ । एमालेका तपेन्द्र रावलले ८४ मत पएका छन् ।
५ मंसिर २०७९, सोमवार १४:३८ बजे प्रकाशित






























