कैलाली – १मा नागरिक उन्मुक्तिको सुरुवाती अग्रता, रामजनम ६ मतले पछाडि
कैलाली । नागरिक उन्मुक्ति पार्टीले कैलाली १ मा सुरुवाती अग्रता कायम गरेको छ । १०० मत गणना गर्दा सम्म नागरिक उन्मुक्तिका उम्मेदवार रन्जिता श्रेष्ठ चौधरी ३३ मत सहित अग्र स्थान मा छिन् ।
उनलाई सत्ता गठबन्धनका तर्फ बाट उम्मेदवार भएका काङ्ग्रेसका रामजनम चौधरीले पच्छाइ रहेका छन् । अहिले सम्म रामजनमको मत २७ छ । एमाले तेस्रो स्थानमा रहेको । एमालेका तपेन्द्र रावलले २३ मत पाएका छन् ।
५ मंसिर २०७९, सोमवार १४:१४ बजे प्रकाशित






























