कैलालीमा ६३ प्रतिशत मत खस्यो
कैलालीमा ६३ प्रतिशत मत खसेको छ। जिल्लाका सबै निर्वाचन क्षेत्रमा गरि झन्डै ३ लाख ३७ हजार ३७३ मत खसेको प्रदेश निर्वाचन कार्यालय, धनगढीका प्रमुख प्रेम भट्टले जानकारी दिए ।
जिल्लामा कुल ५ लाख ३५ हजार ५१४ मतदाता छन्। आइतबार साँझसम्म भएको मतदानमा जिल्लामा ६३ प्रतिशत प्रतिशत मत खसेको हो। कैलालीमा पाँच प्रतिनिधि र १० प्रदेश सभा सदस्यका लागि आज शान्तिपूर्ण मतदान भएको हो ।
४ मंसिर २०७९, आइतवार १९:०५ बजे प्रकाशित































