punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्प पीडितलाई सामाग्री वितरण

Chaupati
safha napa

डोटीका भूकम्प पीडितलाई राहत सामाग्री वितरण गरिएको छ । आइतबार कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा गैर आवासीय नेपाली सङ्घ (एनआरएन)को आर्थिक सहयोगमा भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको छ ।

जिल्ला विपत व्यवस्थापन समिति मार्फत तीन लाख ५४ हजार सात सय ५० बराबरको राहत सामाग्री हस्तान्तरण गरिएको डोटी उद्योग बाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए ।

यसअघि जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई चार लाख, विस्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख रुपैयाँ प्रदान गरिएको थियो ।

गत बुधबार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु भएर गएको ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पबाट डोटीका ६ जनाले ज्यान गुमाएका थिए। भने एक दर्जन घाइते भएका थिए ।

No description available.

 

No description available.

No description available.

No description available.


२७ कात्तिक २०७९, आइतवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु