punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आपसी विवादमा ढुंगाले हानेर साथीको हत्या

Chaupati
safha napa

काठमाडौं, असार १६ ।
आपसी विवादमा भक्तपुरमा एक व्यक्तिले ढुंगाले हानेर साथीको हत्या गरेका छन् । सिन्धुलीका इन्द्रबहादुर तामाङले विवादका क्रममा आक्रोशमा आएर ढुंगाले हानेर काभ्रेको पनौतीका अन्दाजी ४५ वर्षीय कृष्ण तामाङको हत्या गरेका हुन् ।

दिनभरि जडीबुटी बेच्ने र स्थानीय पाटीमा सुत्ने मृतक तामाङको शव सोमबार बिहान ९ बजे गस्हिटी टोलमा रहेको पाटीमा छोपिराखेको अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए । 

उनकाअनुसार तामाङसँगै बस्ने सिन्धुलीको तीनपाटन गाउँपालिका–६ का तामाङले आपसमा विवाद हुँदा ढुंगाले हानेर हत्या गरेको स्वीकार गरेका छन् ।

इन्द्रबहादुर पनि दिनभरि गःहिटी टोलमा भारी बोक्ने र बेलुकी पाटीमै सुत्ने गर्दथे । मृतक तामाङलाई स्थानीयले झौखेलस्थित मानव सेवा आश्रममा पुर्‍याए पनि उनी त्यहाँबाट भागेर बाहिर आएका खुलेको प्रहरीले जनाएको छ । मृतक तामाङको टाउको, निधार र चिउँडोमा चोट लागेको छ ।


१६ असार २०७७, मंगलवार ०१:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु