punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बलात्कारको आरोपमा एक युवक पक्राउ

Chaupati
safha napa

असार १५, डडेल्धुरा, बलात्कार गरेको आरोपमा डडेल्धुरा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अजयमेरु गाउँपालिका –२ बसना बस्ने मिनबहादुर साँकी रहेको प्रहरीले जनाएको छ। उनीमाथि अमरगढी नगरपालिका –४ बस्ने एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो।

जबरजस्ती करणी गरेको आरोपमा परेकोजाहेरीका आधारमा साँकीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराकाका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेका साँकीमाथि जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।


१५ असार २०७७, सोमवार १४:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु