punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले अध्यक्ष ओली फेरी सुदूरपश्चिम आउँदै

Chaupati
safha napa

एक साता अघि राष्ट्रव्यापी चुनावी प्रचारप्रसार प्रारम्भ गर्न  सुदूरपश्चिम आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरी चुनावी सभा सम्बोधन गर्न सुदूरपश्चिम आउने भएका छन् । आगामी शनिबार अध्यक्ष ओली दुई जिल्लाका तीन चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम आउन लागेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए ।

उनका अनुसार २६ गते डोटीको दिपायल, सोही दिन गोदावरीको अत्तरिया र लम्की चुहाको लम्कीमा आयोजना हुने कार्यक्रमलाई ओलीले सम्बोधन गर्ने छन् ।

बिहान ११ बजे दिपायलको कार्यक्रम सम्बोधन सकेर २ बजे गोदावरीको अत्तरियामा र ४ बजे लम्कीमा आयोजित कार्यक्रममा ओली सहभागी हुने जनाइएको छ । यी तीनै सभालाई अध्यक्ष ओलीसहित एमालेका केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले पनि सम्बोधन गर्नेछन् ।

यस अघि १८ गते ओलीले दार्चुला, बैतडी र कञ्चनपुरका चुनावी सभा सम्बोधन गरेका थिए ।


२३ कात्तिक २०७९, बुधवार १७:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु