punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भूकम्प पीडितलाई एक लाख ५० हजार राहत दिने पूर्वमन्त्री आलेको घोषणा

Chaupati
safha napa

पूर्वमन्त्री प्रेमबहादुर आलेले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा गएरातिको भूकम्पमा परी मृत्यु भएका ६ जनाको परिवारहरुलाई रु एक लाख ५० हर राहत दिने घोषणा गरेका छन् ।

बुधबार बिहान भूकम्पका कारण धनजनको क्षति भएको क्षेत्र पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँ पुगेका पूर्वमन्त्री आलेले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई काजक्रियामा सहयोग पुगोस् भनेर जनही रु २५ हजारका दरले रु एक लाख ५० हजार राहतको दिने बताएका हुन् ।

आफूले सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तत्कालै उपलब्ध गराउने जानकारी उनले परिवारलाई भेटेर दिएका थिए । त्यसैगरी उनले अन्य निकाय तथा क्षेत्रबाट पनि भूकम्प पीडितहरुका लागि आवश्यक राहतको व्यवस्था गरिदिन पनि आग्रह गरेका छन् ।

गएरातिको भूकम्पमा परी पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँका ६ जनाको ज्यान गएको छ भने अरू सातजना गम्भीर घाइते भएका छन् ।


२३ कात्तिक २०७९, बुधवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु