punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल वेस्टर्न एकेडेमीका विद्यार्थी पेड इन्टर्नसिपका लागि दुबइ जाने

Chaupati
safha napa

धनगढीमा होटल म्यानेजमेन्ट विषयको पढाइ सञ्चालन गरिरहेको नेपाल वेस्टर्न एकेडेमी (एनडब्लुए) ले छोटो समयमा नै उत्कृष्ट नतिजा सहित फड्को मारिरहेको छ ।
यस क्रममा एकेडेमीमा अध्ययनरत छैटौँ सेमेस्टरका विद्यार्थी पेड इन्टर्नसिपका लागि दुबइका होटलहरुमा जाने भएका छन् । दुबइका विभिन्न पाँच तारे होटलहरुमा काम गर्न उनीहरू लाई पठाउन लागिएको एकेडेमीले जनाएको छ ।
पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त सुदूर पश्चिमकै पहिलो र एक मात्र कलेज एनडब्लुएले आफ्नो १३ औ ब्याचमा अध्ययनरत अधिकांश सबै विध्यार्थीहरुलाई दुबइ तथा युएईका पाँच तारे होटेलहरूमा इन्टर्नसिपका साथसाथै रोजगारीको समेत सुनौलो अवसर प्रदान गरेको जनाएको छ ।
कलेजले पनि विगत देखिनै दुबई , मलेसिया ,चिन , थाइल्यान्ड ,बहराइन आदि देशहरूमा इन्टर्नसिप कार्यक्रममा निरन्तर विद्यार्थीहरू पटाउँदै आइरहेकोमा विगत केही वर्ष यता पेड इन्टर्नसिपको समेत व्यवस्था मिलाइरहेको छ । यसले गर्दा अभिभावक र विद्यार्थी समेत हर्षित हुँदै आएको कलेजका सञ्चालक शैलेश कुमार सिंहले बताए । विद्यार्थीको सङ्ख्यात्मक विकास मात्र नभई गुणात्मक विकासका लागी यस प्रकारका कार्यक्रमहरू निरन्तर सञ्चालनमा ल्याइरहने सिंहको भनाई छ ।
यस वर्ष पाँच तारे होटेलहरूमा पेड इन्टर्नसिपका लागि गएका कोसराज जोशी, अभिषेक कार्की, प्रदीप चौधरी,अनिल ओझा,शैलेन्द्र सिंह र रुपा चौधरी रहेकी छन् । होटल म्यानेजमेन्टको पढाई सँगै हाल आएर अन्तर्राष्ट्रिय स्तरका पाँच तारे होटेलमा पेड इन्टर्नसिपको अवसर पाएकोमा सिङ्गो परिवार नै हर्षित भएको उनीहरूको भनाई छ ।
यसै गरी सुदूरपश्चिमको दुर्गम पहाडी भेगबाट प्लस टु उत्तीर्ण गरी यसै कलेजमा अध्ययन गरी पेड इन्टर्नसिपका लागि दुबई गइरहेका कोसराज जोशीका अनुसार विगतमा भन्दा कज्जले हाल सजिलै समयमै इन्टर्नसिपको व्यवस्था मिलाउँदै आइरहेकोमा खुसी व्यक्त गरेका छन् ।
कलेजले विएचएमका साथै पछिल्लो समयमा विद्यार्थीको आकर्षण तथा रोजाई मा रहेको बिबिए–वि आई विषयको अध्ययन गराइरहेको छ । प्राविधिक तथा सिपमूलक शिक्षा आजको युगको अनिवार्य आवश्यकता भएको हुँदा यस्ता विषयहरूमा कलेज व्यवस्थापन उत्कृष्ट नतिजा दिन तयार रहेको कलेजका एकेडेमीक डाइरेक्टर भीम चौधरीले बताए ।
यस वर्षका लागी पनि दुवै विषय विएचएम र बिबिए–वि आइ का लागी नयाँ भर्ना खुलेको समेत उनले जानकारी दिए ।।


२३ कात्तिक २०७९, बुधवार १२:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु