punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रदेश १ का वनमन्त्री थापाको निधन

Chaupati
safha napa

प्रदेश नम्बर १ सरकारका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको छ ।

उनी आगामी निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट मोरङ क्षेत्र नम्बर ३ (क)का प्रदेशसभाका उम्मेदवारसमेत थिए ।

मन्त्री थापाको उपचारकै क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको हो।

५८ वर्षीय थापा असोज २३ गते उम्मेदवारी दर्ता गराउँदा नै उनी बिरामी परेका थिए । मन्त्री थापाको फोक्सोमा निमोनिया भएको पाइएको थियो । उनलाई सर्बप्रथम गत असोज २४ गते उपचारका लागि नोबेल अस्पताल भर्ना गरिएको थियो ।

त्यसपछि उनको त्यहाँ उपचार सम्भव नभएपछि असोज २७ गते हेलिकप्टरबाट काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइएको थियो ।

ह्याम्समा २२ दिन जटिल उपचार गराई केही स्वास्थ्यमा सुधार देखिएपछि उनलाई फेरि नोबेल नै पठाइएको थियो । पुन: स्वास्थ्य जटिल बनेका उनको बुधबार उपचारकै क्रममा निधन भएको हो ।

मन्त्री थापा २०७४ सालको निर्वाचनमा समानुपातिक कोटाबाट प्रदेश सांसद बनेका थिए ।


२३ कात्तिक २०७९, बुधवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु