punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्य एजेण्डा जातीय विभेदको अन्त्य हुन्छ: प्रेम बिसी

Chaupati
safha napa

राष्ट्रिय नागरिक पार्टीका नेता तथा सुदूरपश्चिम प्रदेशको प्रदेश सभाकाका समानुपातिक उम्मेदवार प्रेम बिसीले जातीय विभेदको अन्त्य गर्ने आफ्नो मुख्य एजेण्डा रहको बताएका छन् ।

उनले दलितका हक र अधिकारलाई बुलन्द रूपले संसदमा उठाउने र यहाँ रहको जातीय विभेदको अन्त्य गराउनको लागि आफ्नो उम्मेदवारी रहेको बताएका हुन् । ‘दलितले अहिले सम्म कुनै पनि गल्ती गरेको छैन । तर दलित अपराधी जस्तै छन् । जब सम्म नेपालमा जातीय छुवाछुत कायम रहन्छ । तब सम्म दलितहरू अपराधी नै रहन्छन्,’ उनले भने, दलितले हिजोका दिनमा के गल्ती गरे, आज विभेदमा छन् । आजसम्म अछुत छन्। त्यसकारण मेरो मुख्य एजेण्डा जातीय विभेदको अन्त्य गर्ने नै हुन्छ।’

अहिले पनि दलितका मुद्दालाई राज्यले सम्बोधन गर्न नसकेको बताए । नेपालको अन्तरिम संविधानको २०६३ ६४ मा पनि दलितको पूर्ण हक अधिकारको गारेन्टी गर्ने र विशेष अधिकार दिने भनेर तोकिएको भएपनि २०७२ को संविधानमा त्यो अटाइएको भए पनि कुनै पनि दलित समुदायका अगुवा मन्त्रीले बोल्न नसकेको बताए ।

यस्तै उनले यस प्रदेशमा रहेका गरिबी निमुखा जनता वर्षौ देखि उत्पीडनमा ,जातीय विभेदमा परेका दलित समुदायका हक र अधिकारको ग्यारेन्टी गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताए । यस्तै बिसीले सुदूरपश्चिममा रहेको बेरोजगारीको समस्याको समाधान गर्न,पर्यटनको सम्भावनालाई उजागर गर्न किसानहरूको विकासका लागि नयाँ नीति तथा योजनाका लागि काम गर्ने बताए ।


१८ कात्तिक २०७९, शुक्रवार १३:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु