बैतडीको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा सम्पन्न
बैतडीको जिल्लाको प्रमुख शक्तिपीठ मध्येको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरमा पशु बलि सहित भव्य जात्रा सम्पन्न भएको छ ।
दशरथचन्द नगरपालिका -८ मा रहेको उक्त मन्दिरमा कार्तिक १४ गते देखि पूजापाठ भएर हिजो राँगा र बोकाको बलि सहित जात्रा सम्पन्न भएको हो ।
यो मन्दिरमा कार्तिक शुक्ल अष्टमी र नवमीका दिन भव्य मेला लाग्ने गर्दछ । यो जात्रामा हजारौं दर्शनार्थीहरुको घुइँचो लाग्ने गर्दछ । त्रिपुरासुन्दरीमा लाग्ने मेलामा नेपालका मात्रै नभएर भारतीय दर्शनार्थी समेत आउने गरेका छन् ।
रणशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ । कार्तिक शुक्ल पक्षमा लाग्ने जात्रामा तीनरात तीन दिन जाग्राम बसेर भगवतीको पूजाअर्चना गर्ने परम्परा रही आएको छ ।
१८ कात्तिक २०७९, शुक्रवार ०९:१३ बजे प्रकाशित































