धनगढी पुगे एमाले अध्यक्ष केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली धनगढी पुगेका छन्। बिहीबार राति ९ बजेर ४० मिनेटको समयमा उनी धनगढी पुगेका हुन्।
आज उनी रुबस होटलमा बस्ने र भोलि बिहान ११ बजे धनगढीबाट हेलिकोप्टमा दार्चुला जाने बताइएको छ। आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आएका हुन्।
एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दैछ।दार्चुलाबाट बैतडी, कञ्चनपुर, धनगढी हुँदै ओली काठमाडौं फर्किने बताइएको छ।
१७ कात्तिक २०७९, बिहीवार २२:३२ बजे प्रकाशित































