कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघ्यो, कति पुगे संक्रमित ?
काठमाडौं, असार १५ । कोरोना भाइरसको संक्रमणका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार ज्यान गुमाउनेको संख्या एक करोड नाघेको हो ।
यसमध्ये आधाभन्दा बढी संक्रमित अमेरिका र युरोपमा रहेका छन् । पछिल्लो समय अमेरिकी महादेशमा भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेको छ । त्यस्तै, दक्षिण एसिया र अफ्रिकामा कोभिड–१९ को संक्रमण फैलिदो छ ।
विश्वका अन्य भागमा पनि भाइरसको संक्रमण फैलिरहेको छ । पछिल्लो ६ दिन थप १० लाख नयाँ संक्रमित फेला परेका छन् । हालसम्म अमेरिकामा सर्वाधिक २५ लाख संक्रमित भेटिएका छन् भने १ लाख २५ हजार बढीले ज्यान गुमाएका छन् ।
लकडाउन खुकुलो पारेसँगै अहिले अमेरिकाका टेक्सास र फ्लोरिडामा संक्रमितको संख्या ह्वात्तै बढेको छ । अमेरिकापछि ब्राजिलमा सर्वाधिक १३ लाख मानिस संक्रमित रहेका छन् । त्यहाँ ५७ हजारभन्दा बढीले ज्यान गुमाएका छन् ।
१५ असार २०७७, सोमवार ०२:१६ बजे प्रकाशित































