punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छठका लागि धनगढीको मोहना घाट सिँगारिँदै (फोटो फिचर)

Chaupati
safha napa

सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट  सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक साता अघिदेखि पूरै सरसफाइ गरी झकीझकाउ बनाइएको छ ।

No description available.

पूजा स्थल सजावटका लागि बच्चादेखि बृद्धसम्मका मानिसहरु जुटेका छन् । घाटमा पूजा गर्नका लागि झन्डै पाँच सय जति पूजा कक्ष निर्माण गरिएको श्री छठ पूजा सेवा समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए।

No description available.

No description available.

निर्माण गरिएका पूजास्थलमा टेन्ट, बत्ती, झिलिमिली बत्ती, रङ्गीचङ्गी मालालगायतले सजावट गर्नाका साथै सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न ठूलो पण्डाल पनि निर्माण गरिएको छ । मोहना घाट पूजास्थलमा भक्तजन तथा दर्शनार्थीहरुको प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ ।

No description available.

No description available.

No description available.

सूर्य भगवानको प्रतिमालगायत विभिन्न देवीदेवताको प्रतिमाको निर्माण भइरहेको छ । देवीदेवताका प्रतिमा निर्माणका लागि नेपालको पूर्वी भेगबाट कालिगढ ल्याई प्रतिमा निर्माण तथा सिङ्गारपटार गरिएको छ ।

 


१२ कात्तिक २०७९, शनिवार १४:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु