कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित
नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम स्थगित भएको छ । कांग्रेसले सोमबार बिहान साढे १० बजे प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम थियो । संकल्प पत्र पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।
तर, संकल्प पत्र सार्वजनिक कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
७ कात्तिक २०७९, सोमवार ११:१७ बजे प्रकाशित






























