तिहार नजिकिएसँगै भक्तपुरका कुमाले समुदायलाई पाला बनाउन भ्याइनभ्याइ
नेपालीक दोस्रो महान् पर्व तिहार नजिकिएसँगै यतिबेला कुमाले समुदायलाई माटाका दीयो र पाला बनाउन भ्याइनभ्याइ भएको छ।
तिहारमा पालाको माग अत्यधिक मात्रामा उच्च हुने भएकाले यो समय कुमालेले खेतीपाती र अन्य भाँडा बनाउने कामलाई थाती राखेर भए पनि दीयो र पालाहरू बनाउन कस्सिएका छन् ।
तिहारमा धनकी देवी लक्ष्मीको पूजा गर्न तिहारमा पालामा दियो बाल्ने परम्परा रहेको छ। पछिल्लो समय तिहारमा विद्युतीय बत्तीको प्रचलनसँगै दीयो, पालाको व्यापार कम भएको व्यापारीहरू बताउँछन् ।
३१ असोज २०७९, सोमवार १३:२७ बजे प्रकाशित































