punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टको टिकट खोसेर पीएलाई!

Chaupati
safha napa

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। डोटीबाट प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गरेका मुख्यमन्त्री भट्टले प्रदेश सभाको टिकट पनि पाएनन्।

एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डोटी नेकपा (एकीकृत समाजवादी) को भागमा पर्दा प्रदेश सभा (१) कांग्रेस र प्रदेश सभा (२) क्षेत्र माओवादी केन्द्रको भागमा परेका छन्। माओवादीको भागमा परेको प्रदेश सभा (२) बाट नै भट्ट ०७४ सालको चुनाव लडेर प्रदेश सांसद बनेका थिए।

यसपटक मुख्यमन्त्री भट्टको टिकट खोसेर माओवादी केन्द्रले त्यहाँका इन्चार्ज शिवसिंह ओलीलाई उम्मेदवार बनाउने भएको हो। ओली मुख्यमन्त्री भट्टका स्वकीय सचिव (पीए) पनि हुन्। ०७४ को चुनावमा पनि ओलीको प्रदेश सभामा दाबी थियो। तर त्यस बेला वाम गठबन्धनबाट भट्टले टिकट पाएका थिए। प्रदेश सभा (२) मा माओवादीबाट ओलीले टिकट पाएको डोटीका अध्यक्ष कमल गड्सेलाले बताए।


२३ असोज २०७९, आइतवार ०९:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु