punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाढीले भजनीवासी विस्थापित

Chaupati
safha napa

अविरल वर्षापछि आएको बाढीले कैलालीको भजनी नगरपालिकावासी फेरि विस्थापित भएका छन् । गत वर्षको बाढीले नगरपालिकाको तीन हजारभन्दा बढी परिवार विस्थापित भएका थिए । दशैँ मनाउन घर फर्केका कतिपय परिवार राम्रोसँग दशैँ मनाउन नपाउँदै फेरि सडकमा पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबारदेखि आएको बाढीका कारण भजनी नगरपालिका–२, पल्टुपुरका ४० परिवार विस्थापित भएका छन् । काँढा नदीको बाढी फेरि घरमा पसेपछि स्थानीयवासी विस्थापित भएका हुन् ।

उनीहरू राष्ट्रिय माध्यमिक विद्यालयमा बसिरहेका छन् । यस्तै वडा नम्बर ८ का १५ परिवार हुलाकी सडकमा त्रिपाल हालेर बसिरहेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । कान्द्रा नदीको बाढीका कारण उनीहरू विस्थापित भएको जनाइएको छ ।

काँढा, कान्द्रा, पथरैयालगायतका नदीमा बाढी आएको छ । बाढीले भजनी नगरपालिका–२ को मोहनपुर, पल्टुपुर, तिनघरुवा, वडा नम्बर ८ को खल्ला र पाण्डेय टोल, वडा नम्बर ९ को शिविर टोल गरेर दुई सयभन्दा बढी घर डुबानमा परेको थियो । नदीमा फेरि पानीको सतह बढ्न थालेकाले विस्थापितहरू फर्कन नसकिरहेको जोशीले जानकारी दिए।

चाडपर्वसमेत राम्ररी मनाउन नपाउँदै फेरि विस्थापित भएकाहरू बिचल्लीमा परेका छन् । उनीहरूलाई अहिलेसम्म राहत उपलब्ध गराइएको छैन । खानाको व्यवस्था भने स्थानीय तहहरूले गरिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


२३ असोज २०७९, आइतवार ०९:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु