punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सप्तरीमा कार्यरत असई यादव भारतीय भूमिमा मृत फेला

Chaupati
safha napa

सप्तरीमा कार्यरत सशस्त्र प्रहरी बलका एक प्रहरी सहायक निरीक्षक (असई) बिहीबार दिउँसो भारतीय भूमिमा मृत फेला परेका छन् ।

असई सत्यनारायण यादव सिमावर्ती विहार राज्यको मधुवनी जिल्ला अन्तर्गत जिरोगा ग्राम पंचायत अर्नाहास्थित घोडदह खोलामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिएका छन् । उनका अनुसार भारतीय प्रशासनले आवश्यक प्रक्रियापछि शव नेपाली सुरक्षाकर्मीको जिम्मा लगाइएको हो ।

शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । ‘सशस्त्र प्रहरीबाटै पाएको प्रारम्भिक जानकारीअनुसार शरीरमा लुगा नभएको अवस्थामा शव फेला परेको छ । शवको टाउकोमा चोट देखिएको छ । आजबाट थप अनुसन्धान थाल्ने उनको भनाइ रहेको छ ।

सशस्त्र प्रहरी बल गण नम्बर ६ हेडक्वार्टर राजविराजका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले तत्कालै केही भन्न सकिने अवस्था नरहेको बताए । उनले नेपाल प्रहरीको अनुसन्धानपछि सत्य तथ्य जानकारीमा आउने बताए । सिरहाको भगवानपुर २ घर भएका असई यादव असोज १८ गतेदेखि बिदामा बसेका थिए । न्युज कारखाना


२१ असोज २०७९, शुक्रवार १२:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु