बाढी-पहिरोको उच्च जोखिम: सतर्क रहन आग्रह

केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढी-पहिरोको जोखिम हुने क्षेत्रमा मानिसलाई सुरक्षित र सतर्क रहन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी-पहिरो गइरहेको भन्दै सबैलाई सुरक्षित र सतर्क हुन आग्रह गरेको हो ।

शुक्रबार बिहान ४ बजे गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपास केही स्थानमा भारी वर्षा भएको र थप हुने भन्दै केन्द्रले उक्त जिल्लाका साना खोलामा आकस्मिक बाढी आउनुका साथै पहिरो जान सक्ने भउकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरेको छ ।

त्यस्तै बिहान साढे ४ बजे भेरी जलाधारका विभिन्न स्थानमा भारी वर्षा भई जलसतह सतर्कतारखतरा तह आसपास पुगेको केन्द्रले जनाएको छ । भेरी जलाधार पर्ने क्षेत्रमा थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म अर्को ६ घण्टासम्म उच्च सतर्कता अपनाउन केन्द्रले अनुरोध गरेको छ ।

 


२१ असोज २०७९, शुक्रवार १२:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु