punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा जुवा खालबाट ४ लाखबढी नगदसहित ११ जुवाडे पक्राउ

Chaupati
safha napa

दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ४ तिङ्करखेडाबाट नगद रु चार लाख दुई हजार ३६० रुपैंया सहित ११ जना जुवाडलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकोछ ।

प्रेम सिंह बुढाथोकीको आफ्नौ घरमा जुवा खेलाइ रहेको अवस्थामा प्रहरीले छापा मार्दा ११ जना जुवाडे पक्राउ परेका हुन् । प्रहरी निरीक्षक राजेश शाही नेतृत्वको टोलीले छापा मार्दा ११ जनालाई जुवाखालबाट पक्राउ गरेको प्रहरी निरीक्षक शाहीले बताए ।

पक्राउ पर्नेमा जनप्रतिनिधि, व्यापारी र विभिन्न पेशाकर्मी रहेका छन् । प्रहरी स्रोतका अनुसार घरधनी प्रेम सिंह बुढाथोकीसहित ११ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

शंकर बुढाथोकी, असपाल बुढाथोकी, सुरेन्द्र धामी, कमल धामी, नरेन्द्र ठगुन्ना, भुवनेश बुढाथोकी, चक्र बुढाथोकी, मुकेश बोहरा, राजेन्द्रसिंह डडाल र इन्टुक लामालाई प्रहरीले पक्राउ गरेको हो ।


१८ असोज २०७९, मंगलवार ०७:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु