punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कुपोषित र जोखिममा रहेका बालबालिकाका परिवारलाई राहत

Chaupati
safha napa

अछाम, असार १३
अछामको मेल्लेख गाउँपालिकामा कुपोषित र कोरोनाको जोखिममा रहेका बालबालिकाका परिवारलाई विभिन्न सामाजिक संघ–संस्थाहरुले राहत उपलब्ध गराएका छन् । गाउँपालिकाको वडा नम्बर ५ मा जाखिममा रहेका २७ र कुपोषित ४९ जना गरि ७६ जना बालबालिकाका परिवारलाई राहत स्वरुप लाख रुपैयाँ बढी खाद्य सामग्री वितरण गरिएको हो ।

सामाजिक क्षेत्रमा क्रियाशिल वल्ड भिजन, आस्था नेपाल र वाक नेपालले गाउँपालिकाको विन्धबासनीमा संयुक्त रुपमा चामल, चिनी, तेल, चना, अण्डा, गहुँको पिठोलगायतका खाद्य सामाग्री बितरण गरेका हुन् । वडाध्यक्ष रमेश खडकाले सहयोगीदाताबाट राहात स्वरुप तीन लाख ४९ हजार ६ सय ६० रुपैयाँ बराबरको खाद्य सामग्री वितरण गरिएको जानकारी दिए ।

उनका अनुसार जोखिममा रहेका बालबालिकाका परिवारलाई प्रतिपरिवार तीन हजार तीन सय ५० र कुपोषित बालबालिकाका परिवारलाई प्रतिपरिवारलाई पाँच हजार दुई सय ९० रुपैयाँ बराबरको खाद्य सामग्री उपलब्ध गराइएको छ ।


१३ असार २०७७, शनिवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु