punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, शिक्षण अस्पताल काठमाडौं, धनगढी प्रयोगशाला र विर अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय २८ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार आज बाजुराका ८६ जना, डोटीका ६१ जना, कैलालीका २५ जना, बैतडी २४, अछामका १३, डडेल्धुरा र बझाङका ८र८ र कञ्चनपुरका तीन जनामा कोरोना पुष्टि भएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा डोटीका १५ महिला र ३१ पुरुष गरी ४६ जना, बैतडीका ६ महिला र १८ पुरुष गरी २४ जना, कैलालीका दुई महिला र ६ पुरुष गरी ८ जना, डडेल्धुराका दुई महिला र ६ पुरुष गरी ८ जना, बाजुराका एक महिला र तीन पुरुष गरी चार जना, कञ्चनपुरका तीन पुरुष, अछामका एक महिला र १२ पुरुष गरी १३ जना र बझाङका चार पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।

उनका अनुसार शिक्षण अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा बाजुराका ३२ महिला र ५० पुरुष गरी ८२ जनामा कोरोना पुष्टि भएको छ भने विर अस्पतालको प्रयोगशालामा बझाङका एक महिला र तीन पुरुष गरी चार जनामा संक्रमण पुष्टि भएको छ। सोही प्रयोगशालामा डोटीका दुई पुरुषमा पनि कोरोना पुष्टि भएको छ। यता धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा १३ महिला र १७ जना पुरुषमा कोरोना पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार डोटीका सात जना, डोटीको शिखर नगरपालिकाका ६ जना महिला, कैलालीको लम्कीचुहाका १४ जना र कैलालीका एक जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या एक हजार नौँ सय १६ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका पाँच सय ६६ जनामा कोरोना पुष्टि भएको छ।योसंगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको सङख्या दुई हजार एक सय १४ पुगेको छ।


१३ असार २०७७, शनिवार ११:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु