punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका नदीहरूमा पानीको बहाव बढ्ने,बाढीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह

Chaupati
safha napa

देशका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेको छ ।अहिले डडेलधुरा, कञ्चनपुर, कैलाली, बर्दिया, झापा, मोरङ, सुनसरी र सप्तरीसहितका जिल्लामा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । डडेलधुराको रङ्घुन खोला र साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने अनुमान छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरैजसो नदीहरूमा बहाव बढ्ने  र केही साना नदीहरुमा आकस्मिक बहाव हुनसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।


९ असोज २०७९, आइतवार ०८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु