नेपालमा थप ६२९ जना कोरोना संक्रमित थपिए
धगनढी, असार १०
नेपालमा आज थप ६ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले
कोरोनाबाट मृत्यु हुनेको संख्या २४ पुगेको बताए । यस्तै, कोरोना जित्नेको संख्या भने दुई हजार तीन सय ३८ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले बताए । उनकाअनुसार अहिलेसम्म क्वारेन्टाइनमा ७८ हजार ६ सय ३९ जना छन् । त्यसैगरी आठ हजार तीन सय ४६ जनाको आइसोलेसनमा उपचार भइराखेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट एक लाख ९३ हजार एक सय ९४ र आरडीटी विधिबाट दुई लाख ८३ हजार ६ सय ९६ जनाको नुमना परीक्षण भएको छ ।
जसमध्ये पुरुष दुई हजार एक सय ४१ छन् भने महिला १९७ छन् । मन्त्रालयकाअनुसार आज मात्रै ११४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।
१० असार २०७७, बुधवार ११:२० बजे प्रकाशित































