डेंगुरोग सम्बन्धी स्वास्थ्य प्रगोगशालाकर्मीहरुसंग अन्तरक्रिया
डेंगुरोग सम्बन्धी धनगढीमा स्वास्थ्य प्रगोगशालाकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा डेंगु सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख लालबहादुर धामीले डेंगुसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदन प्रस्तुत गर्दै स्वास्थ्य कार्यालय कैलालीका कार्यालय प्रमुख धामीले कैलालीमा हालसम्म डेंगुबाट दुई जनाको मृत्यु भएको बताए । डेंगु रोग सार्ने लामखुट्टेले बिहान, दिउँसो र साझ बढी टोक्ने भएकाले घर वरिपरिको वातावरणको सरसफाइमा ध्यान दिनुपर्ने बताए ।
जुनसुकै व्यक्तिलाई पनि डेंगु हुनसक्ने भन्दै उनले यसबाट बच्चका लागि घर वरिपरिको वातावरण सरसफाइ राख्नुका साथै राति सुत्दाखेरी झुलको प्रयोग गर्नुपर्ने सुझाव दिए । डेंगु नियन्त्रण गर्न स्वास्थ्य कार्यालयले जनचेतना मुलक कार्यक्रमहरु गर्दै आएको उनले बताए ।
कार्यक्रममा सेती प्रादेशिक अस्पतालका ल्याब इन्चार्ज रमेश शाहीले पनि डेङ्गु रोग सम्बन्धी आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा धनगढीका विभिन्न प्रयोगशालामा कार्यरत स्वास्थ्य प्रयोगशालाकर्मीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय कैलालीमा कार्यरत स्वास्थ्य अधिकृत मिनबहादुर धामीले गरेका थिए ।
२४ भदौ २०७९, शुक्रवार १९:१० बजे प्रकाशित































