punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा बाढी र पहिरोको बितन्डा: २ जनाको मृत्यु, ४ जना बेपत्ता

Chaupati
safha napa

गएरातिदेखिको अविरल वर्षाले आएको बाढीले दार्चुला सदरमुकाम खलङ्गाको बंगाबगड क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण एक दर्जन घर बगेका छन् ।

बाढीपहिरोमा एकै परिवारका ४ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रमुख प्रहरी निरीक्षक जगत गाहा मगरले जानकारी दिए । बाढीले एउटा झोलुङ्गे पुल र एउटा पक्की पुलसमेत बगाएको छ ।

उता नौगाडमा पहिरोमा पुरिएर २ जनाको ज्यान गएको उनले बताए । वर्षा रोकिएपछि उद्धार कार्य अघि बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धार कार्यमा खटिएको छ ।

लास्कु खोला र महाकाली नदीमा बाढी आएपछि ठूलो क्षति भएको हो । नदीले कटान गर्ने क्रम नरोकिएकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ ।


२५ भदौ २०७९, शनिवार ०९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु