punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माछा पोखरीमा वृद्धाको शव फेला

Chaupati
safha napa

मोरङको रंगेली नगरपालिका-१ स्थित माछा पोखरीमा एक जना वृद्धा महिलाको शव फेला परेको छ। रंगेली(१ की ७६ वर्षीया कृष्णमाया बस्नेतको शव बुधबार साँझ फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कृष्णमाया बिहान ९ बजेतिर आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। परिवारका सदस्य र आफन्तले खोजी गर्ने क्रममा माछा पोखरीमा शव फेला परेको हो।

शव भेटिएको पोखरी कृष्णमायाको घरबाट लगभग ५ सय मिटर उत्तरमा पर्छ। शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए।


२३ भदौ २०७९, बिहीवार १५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु