punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २ सय २७ जनामा काेराेना पुष्टि, १ जनाकाे ज्यान गयाे

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा दुई सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार चार सय एक जनाको नमुना परीक्षण गर्दा दुई सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा एक जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । यस्तै २४ घण्टामा एक सय ६८ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ७३ रहेको छ ।

यसैबीच थप एक लाख ४३ हजार पाँच सय ९५ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


२३ भदौ २०७९, बिहीवार १६:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु