punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका युवकको मृत्यु

Chaupati
safha napa

धनगढी ,असार ९ । कैलालीमा १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १३ दिनपछि मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी ल्याइएको उनले बताए।

जेठ १५ गते भारतबाट आएका उनी २८ गते श्रीमती र छोरीसंगै क्वारेन्टिनबाट घर फर्किएका थिए। उनीहरू जनता आधारभूत विद्यालयमा बनाएको क्वारेन्टिन बसेका थिए। गाउँपालिका अध्यक्ष प्रदिप चौधरीले ती युवामा किडनीको गम्भिर समस्या रहेको बताए।

यसअघि सोमबार मात्रै १३ दिन क्वारेन्टिनमा बसेर आइतबार घर फर्किएका कैलालीको लम्कीचुहा नगरपालिका ७ का ३६ वर्षीय युवकको मृत्यु भएको थियो। उनको स्वाब परिक्षणका लागि धनगढी ल्याइएको तर रिपोर्ट आइनसकेकाले अहिले पनि उनको शव मृत्यु भएको ठाउँमै रहेको छ।


९ असार २०७७, मंगलवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु