punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसीविरुद्ध धनगढीमा किरा आन्दोलन ‘हस्ताक्षर गर्नेहरुका हातमा  किरा  परुन्’

Chaupati
safha napa

कञ्चनपुर, असार ९
 एमसीसीविरुद्द आज धनगढीमा किरा आन्दोलन  गरिएको छ । एमसीसीमा हस्ताक्षर गर्नेहरुका हातमा  किरा  परुन भन्दै १२ किसिमका फोहोरमा बस्ने किराहरुसहित बोलन्या थलीले धनगढीमा किरा आन्दोलन गरेको छ ।

एमसीसी राष्ट्र र नेपालीको हित विपरित भएका कारण युवाहरुको सहयोगमा बोलन्या थलीले किरा आन्दोलन सुरु गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।

उक्त विधेयक पास गर्नका लागि हस्ताक्षर गर्ने सांसदहरुको हातमा किरा परुन भनेर आज पहिलो दिन १२ प्रजातिका किरासहित धनगढीको क्याम्पस चोकमा प्रर्दशन गरेक उनले बताए । उनले एमसीसीका विरुद्ध सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरुबाट आन्दोलन गर्ने बताए।


९ असार २०७७, मंगलवार १३:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु