एमसिसी विरुद्ध धनगढीमा किरा आन्दोलन
धनगढी,असार ९ । एमसिसी बिरुद्द धनगढीमा किरा आन्दोलन गरिएको छ । स्वाधीनताभुलेर एमसिसिमा हस्ताक्षर गर्नेहरुका हातमा किरा परुन भन्दै १२ किसिमका फोहोरमा बस्ने किराहरु सहित बोलन्या थलीले धनगढीमा किरा आन्दोलन गरेको छ ।
एमसीसी राष्ट्र र नेपालीको हित विपरित भएका कारण युवाहरुको सहयोगमा बोलन्या थलीले आज किरा आन्दोलन सुरु गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए।
उक्त विधेयक पास गर्नका लागि हस्ताक्षर गर्ने सांसदहरुको हातमा किरा परुन भनेर आज पहिलो दिन १२ प्रजातिका किरासहित धनगढीको क्याम्पस चोकमा प्रर्दशन गरेक उनले बताए । एमसीसीका विरुद्ध सुदूरपश्चिमका ८८ वटै स्थानीय तहहरुबाट आन्दोलन गर्ने जानएका छन्।
९ असार २०७७, मंगलवार १३:०४ बजे प्रकाशित






























