punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घर–घरमै औषधी पुर्‍याईरहेका साउँदलाई मन्त्री भट्टले गरे औषधी सहयोग

Chaupati
safha napa

धनगढी,असार ९। लकडाउनमा दिर्घरोगीहरुको औषधी घर–घरमै पु-याईरहेका अत्तरियाका भोज साउँदलाई उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले निःशुल्क औषधी सहयोग गरेका छन ।

मन्त्री भट्टले आर्थिक स्थिती कमजोर भएका ब्लड प्रेसर, मुटु लगायत दिर्घ रोगका बिमारीहरुलाई निःशुल्क औषधी वितरण गर्नका लागि औषधी सहयोग गरेका हुन ।उक्त औषधी मन्त्री भट्टका स्वकिय सचिव हितेस ओझाले औषधी घरघरमै पु-याईरहेका साउँदलाई हस्तान्तरण गरेका हुन ।

उक्त औषधी डाक्टरको सल्लाह बमोजिम दिर्घरोगीहरुलाई वितरण गरिने छ ।साउँदले करीब ५० हजार मुल्यको औषधी मन्त्रीका स्वकिय सचिव ओझा मार्फत प्राप्त भएको बताए । कैलालीको गोदावरी नगरपालिका २ अत्तरियाका साउँद लकडाउन भए यता बिरामीले फोन गरेपछि औषधी लगेर उनी घरमै पुग्ने गरेका छन ।

उनले अहिलेको परिस्थितिमा विपन्न वर्गका नियमित औषधि खानुपर्ने बिरामीले औषधी खान नपाएर समस्यामा नपरुन भन्नका लागि औषधी पु¥याउने काम गरेको बताउँदै आएका छन ।औषधि सेवन कर्ता आर्थिक अवस्था कमजोर भएकाले औषधी चाहिएमा ९८४८४२६७०३ मा सम्पर्क गर्न साँउदले आग्रह गरेका छन ।


९ असार २०७७, मंगलवार १२:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु