डेंगु संक्रमणबाट कैलालीमा एक महिलाको मृत्यु
कैलालीमा डेंगु संक्रमणका कारण एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडाकी ३५ वर्षीया गिता शाहीको रहेकी छन् ।
बिरामी भएर निसर्ग अस्पतालमा धनगढीमा उपचाररत उनलाई डेंगुको पनि लक्षण देखिएको थियो ।
उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भए पनि बुधबारमात्रै डेंगु पुष्टि भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए । चालु आर्थिक वर्षमा डेंगुका कारण कैलालीमा मृत्यु हुने शाही पहिलो हुन् ।
१५ भदौ २०७९, बुधवार २१:५८ बजे प्रकाशित






























