punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उन्नती चौधरीद्वारा लिखित ‘निसाफ’ लेख संग्रह विमोचन

Chaupati
safha napa

पत्रकार उन्नती चौधरीद्वारा लिखित ‘निसाफ’ लेख संग्रह विमोचन गरिएको छ । बुधबार एक कार्यक्रमका बिच सुदूरपश्चिम विश्व विद्यालयका पूर्व राजिष्टार एवं शिक्षाविद् डा. हेमराज पन्तले बिमोचन गरेका हुन् । विमोचन कार्यक्रमका वक्ताहरुले ‘निसाफ’ लेख संग्रहलाई समाजको पथ प्रदर्शकको रुपमा व्याख्या गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेको डा. पन्तले निसाफलाई एउटा प्राज्ञिक महत्व बोकेको लेख संग्रह रहेको बताए । साथै उनले थारु समुदायको समाजशास्त्रीय र मानवशास्त्रीय अध्ययन गर्न चाहने विद्यार्थी तथा पाठकलाई महत्वपूर्ण सन्दर्भ सामग्री हुने बताए ।
नाष्ट कलेजका प्रवन्ध निर्देशक शिवहरि मुडभरीले निसाफले थारु लोक कला तथा ज्ञानको हस्तान्तरणमा सहयोग पु¥याउने बताएका थिए ।

कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दले निसाफले समाजमा पथ प्रदर्शकको भूमिका खेल्ने बताएका थिए । ‘निसाफ’ लेख संग्रहमा लेखिकाले आफ्नो जीवन संघर्षलाई प्रस्तुत गरेकी छन् । उनले लैङ्गिक हिंसा, महिला हिंसा लगायत थारु समाजको संस्कृति, रीतिरिवाज, चाडपर्व, पारिवारिक जीवन, कमैया प्रथा, युगौदेखि हुँदै आएको शोषण र राजनीति लगायत अन्य सामाजिक र आर्थिक पक्षलाई प्रस्तुत गरेकी छन् ।

कार्यक्रममा महिला अधिकारकर्मी गोमा आचार्य, थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकुर प्रसाद करिया प्रधान, सुदूरपश्चिम साहित्य समाजका महासचिव गणेश नेपाली, नेपाल पत्रकार महासंघ कैलाली अध्यक्ष हिमाल जोशी, कैलाली जनपुस्ताकालयका अध्यक्ष डा. टीएन जोशी, थारु नागरिक समाजका सदस्य बसन्ती चौधरी लगायत शुभकामना मनतब्य राखेका थिए ।

कार्यक्रम केर्नी मिडियाका अध्यक्ष तथा लेखिका उन्नती चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पत्रकार लखन चौधरीले स्वागत मनतब्य राखेका थिए भने सञ्चालन सानु चौधरीले गरेकी थिइन् ।
केर्नी मिडिया प्रालिद्वारा प्रकाशित ‘निसाफ’ लेख संग्रहको मुल्य रु.५०० रहेको छ । तर भदौ महिनाभरि कितावको मुल्यमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको जनाइएको छ ।


१५ भदौ २०७९, बुधवार २१:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु