punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बझाङमा जिपको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

Chaupati
safha napa

बझाङमा जिपको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका –१ देउरा बजारबाट बागथलातर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१ ००१च २६९० नम्बरको जिपले देउरा बजारमा पैदल हिँड्दै गरेका एक जनालाई ठक्कर दिएको हो ।

जिल्लाको वित्थडचिर गाउँपालिका– ९ घर भएका ६० वर्षीय गगन ओखेडालाई बुधबार साँझ जिपले ठक्कर दिँदा उनकोे घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

बुंगल नगरपालिका –६ बस्ने चालक दीपेन्द्र धामीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी जागेश्वर भण्डारीले बताए ।


१५ भदौ २०७९, बुधवार २०:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु