punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली सुदूरपश्चिममा, सांसददेखि पूर्वमन्त्रीलाई एमालेमा स्वागत गर्ने

Chaupati
safha napa

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा कैलाली पुगेका छन्। संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कैलालीबाट कञ्‍चनपुर प्रस्थान गरेका छन्।

प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी,नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ,वेदकोट नगरपालिकाका पूर्व मेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई ओलीले आज एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ।

माओवादीबाट पनि ठूलो संख्यामा आज एमाले प्रवेश गर्ने जनाइएको छ। माओवादी केन्द्रका प्रभावशाली नेता नेता शंकर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि भोलि एमाले प्रवेश गर्ने जनाएका छन्।

कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने बृहत् पार्टी प्रवेश कार्यक्रममा २ हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।


१५ भदौ २०७९, बुधवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु