punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गठबन्धनलाई भोट नदिएको भन्दै पालिकाले हटायो ७ कर्मचारी

Chaupati
safha napa

डोटीको बोगटान फुड्सिल गाउँपालिकाले ७ जना कर्मचारीलाई हटाएको छ। विभिन्न शाखा तथा वडा कार्यालयमा कार्यरत ७ कर्मचारी हटाइएको हो। गाउँपालिकामा कार्यरत ती कर्मचारीले हालै सम्पन्न स्थानीय तहको चुनावमा गठबन्धनलाई मतदान नगरेको भन्दै हटाइएको नेकपा एमालेले आरोप लगाएको छ।

गाउँपालिकामा कार्यरत कर्मचारीलाई पूर्वाग्रह राखेर कर्मचारी हटाइएको एमाले गाउँ कमिटी अध्यक्ष खेम घर्तीमगरले बताए। एमाले निकट कर्मचारी भन्दै उनीहरूलाई हटाइएको दाबी गरिएको छ। पालिकामा अध्यक्षको मनोमानी बढेको स्थानीयले पनि बताएका छन्।​ गापाले भने कार्यपालिका बैठकबाट कर्मचारीको म्याद नथप्ने निर्णय गरेको जनाएको छ।


४ भदौ २०७९, शनिवार १७:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु